उत्तरी छिमेकी चीनले बेइजिङमा गर्यो नेपालको अपमान, नेपाली राजदूतलाई निम्नस्तरको व्यवहार

२ बर्ष अघि

२0७९ श्रावण २५ बुधबार

उत्तरी छिमेकी चीनले बेइजिङमा गर्यो नेपालको अपमान, नेपाली राजदूतलाई निम्नस्तरको व्यवहार

काठमाडौं । उत्तरी छिमेकी चीनले नेपालको अपमान गरेको छ । नेपालीहरुले असल छिमेकी भने पनि नेपालको प्रतिनिधित्व गर्दै बेइजिङ पुगेका राजदूत विष्णुपुकार श्रेष्ठलाई चीनले अपमानजनक व्यवहार देखाएको हो ।

सामान्यतया नयाँ राजदूत नियुक्त भएर आएपछि राष्ट्राध्यक्ष अर्थात राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाउने गरिन्छ । उपराष्ट्रपतिले समेत ओहदाको प्रमाणपत्र बुझ्न मिल्दैन । यसअघि एकैपटक ९ देशका राजदूत नियुक्त गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङले ओहदाको प्रमाणपत्र बुझेका थिए ।

तर चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठलाई चिनियाँ राष्ट्रपतिले समय नै दिएनन् । श्रेष्ठले चीनको परराष्ट्र मामिलाका शिष्टाचार महापाल होङ लेई समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुपरेको छ ।

एउटा सहसचिवलाई ओहदाको प्रमाणपत्र बुझाउँदा नियोग उपप्रमुखलगायत बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीहरुले अपमानित महसुस गरेका थिए ।