ग वर्गका अपांगता भएका व्यक्तिलाई ५ हजार बार्षिक सामाजिक सुरक्षा भत्ता

२ बर्ष अघि

२0७९ श्रावण २४ मंगलवार

ग वर्गका अपांगता भएका व्यक्तिलाई ५ हजार बार्षिक सामाजिक सुरक्षा भत्ता

दार्चुला ।  महाकाली नगरपालिकाले एकल पुरुष र ग वर्गका अपांगता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । चालू आर्थिक वर्षबाट लागू हुने गरी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको हो । महाकाली नगरपालिकाले ग वर्गका अपांगता भएका व्यक्तिलाई बार्षिक ५ हजार रुपैया आर्थिक सहयोग गराउने भएको छ । सरकारको सामाजिक सुरक्षा भत्तामा नसमेटिएका उनीहरुलाई नगरपालिकाले सामाजिक सुरक्षाको दायरामा ल्याएको हो । यस्तै नगरपालिकाले एकल पुरुषलाई समेत बार्षिक पाँच हजार सामाजिक सुरक्षा उपलब्ध गराउने भएको छ । सामाजिक सुरक्षाको दायरामा नआएका ६० वर्षमाथिका एकल पुरुषलाई कार्यविधि बनाएर सामाजिक सुरक्षा उपलब्ध गराउन लागेको हो । चालू आर्थिक वर्षदेखि जिल्लाका अन्य स्थानीय तहहरुले समेत एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने तयारी थालेका छन् । अघिल्लो पाँच वर्षको अवधिमा अपिहिमाल गाउँपालिकाले सुरु गरेको एकल पुरुष सामाजिक सुरक्षा भत्ता प्रभावकारी भएको भन्दै अन्य स्थानीय तहहरुले समेत यो कार्यक्रम लागू गर्न लागेका हुन् ।