१ हजार ६ सय ६४ जना नयाँ मतदाता थपिए

२ बर्ष अघि

२0७९ श्रावण २४ मंगलवार

१ हजार ६ सय ६४ जना नयाँ मतदाता थपिए

दार्चुला । दार्चुलामा १ हजार ६ सय ६४ जना नयाँ  मतदाता थपिएका छन् । गत असार १ गते देखि सुरु भएको फोटो सहितको मतदाता नामावलीमा ती् मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रदिप सिह धामीले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख धामीका अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलामा १ हजार ३९ जना तथा जिल्ला निर्वाचन कार्यालय दार्चुलामा  ६ सय २५ जना नयाँ सदस्य थपिएको बताईएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा ५ सय ५१ जना पुरुष तथा ४ सय ८८ जना महिला मतदाता थपिएका छन् । निर्वाचन कार्यालयमा २ सय ८४ जना पुरुष र ३४१ जना महिला मतदाता थपिएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला बाहिर रहेका १ सय ६ जना मतदाताले पनि दर्ता गराएको बताईएको छ ।  यो सँगै जिल्लामा मतदाताको संख्या ८९ हजार ९ सय ४९ जना पुगेको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दार्चुलामा ८८ हजार २ सय ८५ जना रहेका थिए । सरकारले आगामी मंङसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको मिति घोषण गरेसँगै मतदाता नामावली सङ्कलन कार्य २० गते देखि स्थगित गरिएको छ ।