नेकपाले तोकेकाेमा प्रदेश नम्बर  ७ बाट संगठन कमिटी इन्चार्ज भिम र अध्यक्ष कर्ण

५ बर्ष अघि

२0७५ आश्विन ५ शुक्रबार

नेकपाले तोकेकाेमा प्रदेश नम्बर  ७ बाट संगठन कमिटी इन्चार्ज भिम र अध्यक्ष कर्ण

 

दृष्टिकोण समाचार असोज ५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सबै प्रदेश संगठन कमिटीको जिम्मेवारी बाडफाँड गर्नुका साथै शुक्रबार बसेको सचिवालय बैठकले सात वटै प्रदेश संगठन कमिटीका प्रदेश इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको हो । जसमा प्रदेश  नम्बर ७ बाट संगठन कमिटी इन्चार्ज भीम रावल हुनु भएकाे छ भने अध्यक्ष कर्णबहादुर थापा हुनु भएकाेमा सह–इन्चार्ज लक्ष्मीदत्त जोशी र सचिव सिंहराज चौंधरी छनाेट हुनु भएकाे छ ।  

प्रदेश  नम्बर १ बाट संगठन कमिटी इन्चार्ज भीमप्रसाद आचार्य हुनु भएकाेमा अध्यक्ष देवराज घिमिरे, सह–इन्चार्ज  सावित्री काफ्ले  र सचिव सुरेशकुमार राई छनाेट हुनु भएकाे छन् ।  प्रदेश  नम्बर २ बाटप्रदेश संगठन कमिटी इन्चार्ज  सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुर्‍याल  छनाेट हुनु भएकाे छ । प्रदेश  नम्बर ३ बाट प्रदेश संगठन कमिटी इन्जार्च अष्टलक्ष्मी शाक्य, सह–इन्चार्ज नारायण दाहाल,अध्यक्ष  हितमान तामाङ र सचिव  आनन्दप्रसाद पोखरेल छनाेट हुनु भएकाेमा प्रदेश  ३ ले महिला इन्चार्ज पाएको छ । 

प्रदेश  नम्बर ४ तथा गण्डकी प्रदेशबाट इन्चार्ज  पृथ्वीसुब्बा गुरुङ,सह–इन्चार्ज खगराज अधिकारी ,अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपाली छनाेट हुनु भएकाे छ । प्रदेश  नम्बर ५ बाट इन्चार्ज शंकर पोखरेल, सह–इन्चार्ज दलबहादुर राना, अध्यक्ष ओनसरी घर्ती र सचिव जगप्रसाद शर्मा लगायत प्रदेश  नम्बर ६ तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा,सह–इन्चार्ज यमलाल कँडेल ,अध्यक्ष गोरख बोगटी र सचिव मायाप्रसाद शर्मा छनाेट भएका छन् ।

करिब ४ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सबै प्रदेश संगठन कमिटीको नेतृत्वको जिम्मेवारी टुंगो लगाएको हो । व्यापक छलफलपछि सर्वसहमतिले सबै प्रदेश कमिटीको नेतृत्वको जिम्मेवारी बाँडफाँड गरिएको पार्टी सचिवालयका सदस्य र्इश्वर पोखरेलले जानकारी दिनुभयो ।