काठमाडौ । श्रीलंका, जसलाई केही बर्ष अघिसम्म दक्षिण एशियाको मोति भनिन्थ्यो। मुलुकको भौगोलिक आकार आँशुको थोपा जस्तो देखिए पनि यहाँका नागरिक दक्षिण एशियाकै सबैभन्दा बढी सम्पन्न र खुशी मानिन्थे। मुलुकको कुल ग्रहास्थ उत्पादन २३४ बिलियन डलर बराबर पुगेको थियो। यो दक्षिण एसिया कै बलियो अर्थतन्त्रको सूचक हो। वार्षिक आर्थिक वृद्धिदर औसतमा ७ दशमलव ४५ प्रतिशत रहेको श्रीलंकाली नागरिकको प्रतिव्यक्ति आय सन् २०१९ सम्म पनि ११ हजार ६९ डलर थियो। विश्व श्रम बजारबाट श्रीलंकाली कामदारले भित्र्याउने रेमिट्यान्स पनि उच्च थियो।
वार्षिक ६ बिलियन अमेरिकी डलर रेमीट्यान्सका रुपमा आइरहेको थियो। रबर, चिया, नरिवल, तमाखुं, दुर सञ्चार,, बैंकि¨ प्रणाली, गार्मेन्ट तथा बहुमुल्य पत्थर जस्ता माध्यमबाट गरिबी निवारणमा ठूलो फड्को मारेको श्रीलंकामा आर्थिक संकट सुरुहुनु अघि गरिबीको रेखामुनी रहेका नागरिकको संख्या ४ दशमलब ३ प्रतिशत मात्रै थियो। यो पनि दक्षिण एशियाको हकमा ईष्यायोग्य आंकडा हो। आर्थिक संकटमा पर्नु अघि श्रीलंकाली रुपियाँको विनिमय दर पनि नेपालको हाराहारीमा थियो। एक अमेरिकी डलरका लागि श्रीलंकाली १४५ रुपियाँ खर्चहुन्थ्यो। तै पनि पर्यटन उद्योग र व्यापार बन्दरगाहले श्रीलंकालाई कहिल्यै आर्थिक संकटमा फस्नुपर्ला भन्ने अनुभुतीसम्म गराएको थिएन।
अथाहा खनिजको भण्डार
सन् २०२१ को जुलाई २८ मा श्रीलंकाको रत्नपुर क्षेत्रमा संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला प¥यो। इनार खन्ने क्रममा ५१० केजी तौल भएको उक्त बहुमूल्य रत्न भेटिएको थियो। रत्नपुर श्रीलंकाको बहुमुल्य रत्नभण्डार मानिन्छ। हल्का नीलो रङ्गको उक्त मणि अन्तर्राष्ट्रिय बजारमा १० करोड अमेरिकी डलरसम्म अर्थात् झन्डै १२ अर्ब नेपाली रुपैयाँमा बिक्री हुने अधिकारीले दाबी गरेका थिए। जतिबेला श्रीलंका आर्थिक संकटमा फसिसकेको थियो। “सेरन्डिपिटी सफायर” नामकरण गरिएको उक्त दुर्लभ पत्थर एक वर्ष लगाएर नीलमणि भएको प्रमाणित गरिएको थियो। श्रीलंकामा यस्ता रत्नको शहर जताततै छन्। स्थानीय सिन्हला भाषामा रत्नपुरको अर्थ संस्कृतमा जस्तै रत्नको सहर भनिन्छ। जहाँ बहुमूल्य पत्थर सजिलै फेला पर्ने गरेको छ।