अबको १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ता बनाउनुपर्छ’ सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

२ बर्ष अघि

२0७९ श्रावण २३ सोमबार

अबको १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ता बनाउनुपर्छ’ सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको बनाउनुपर्ने बताएका छन् ।  बाल लेखिका गीत पछाईद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको आज विमोचन गर्दै सञ्चारमन्त्री कार्कीले नेपालाई धनी मुलुकका रूपमा विकास गर्नका लागि नेपाली नागरिक समाज, साहित्य र कलाकारितालगायत सम्पूर्ण क्षेत्रको उत्तिकै भूमिका हुने बताए। मन्त्री कार्कीले नेपाली साहित्यको क्षेत्रमा संरक्षण र विकासको निम्ति नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।