विश्व शान्ति दिवस, दार्चुलामा पनि मनाइयो

५ बर्ष अघि

२0७५ आश्विन ५ शुक्रबार

विश्व शान्ति दिवस, दार्चुलामा पनि मनाइयो

ललित सामन्त, असोज ५ । अन्तरराष्ट्रिय बिश्व शान्ति दिवस दार्चुला जिल्लामा समेत भब्यताकासाथ मनाइएको छ । जिल्ला सदरमुकामस्थित निजि तथा सामुदायिक बिद्यालयहरुमा गठित नेपाल स्काउटले शान्ति र्यालीको साथै बक्तृत्वकला, दौड प्रतियोगिता, सास्कृतिक कार्यक्रम गरेर मनाएका छन् । जिल्ला सदरमुकाममा शिक्षक बिद्यार्थीहरुले स्काउट गीत गाउँदै शान्ती र्यालीको आयोजना गरेर अक्सफोर्ड एकेडेमीमा औपचारीक कार्यक्रमको आयोजना गरीएको हो ।
शाबित्री सोर्णाकारको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख जयराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै शिक्षा प्रमुख जयराज पन्तले स्काउटका कार्यक्रमहरु फलदाई भएको र यसलाई अझै राम्रो गर्नका लागि आफनो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् त्यस्तै सोणाकारले स्काउटले गरेका कामहरुमा आफैमा राम्रो भएकाले र अबका दिनहरुमा पनि कामगर्नका लागि अरुहरुको पनि साथ सहयोग चाहिने बताएका छन्  शान्तीकालागी प्रार्थना, सबैजनालाई सुख होस, सबै शुभको पहिचान गर्न सक्ने होउन् । सबै स्वस्थ होउन र कोही प्राणी पनि दुःखि नहोस् । लगायत राष्ट्रभक्ति र स्वाभिमानी नारा लगाउँदै दिवस मनाइएको हो ।
सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो, यस पटकको नारा ’शान्ति, सुरक्षा, सम्मान र स्वाभिमानकालागि संगसंगै’ रहेको छ  नेपालमा बिगतका वर्षहरुका शान्ति केवल नारामा सिमित रहेकोमा अहिले बिकासकालागी शान्ति आबश्यक भएको महसुस गरेर शान्तिको पक्षमा गतिबिधिहरु भइरहेका छन् ।कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरु,अभिभावक , सुरक्षा निकायका प्रतिनिधिहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।भने कार्यक्रमको सन्चालन स्काउटका कार्यक्रम संयोजक डम्बर बहादुर सिहले सन्चालन गर्नु भएको थियो ।