दार्चुलाका २ विद्यालयमा ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’का लागि ११११ लाखको अक्षयकोष स्थापना गर्ने जोशीको घोषणा

२ बर्ष अघि

२0७९ श्रावण २१ शनिबार

दार्चुलाका २ विद्यालयमा ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’का लागि ११११ लाखको अक्षयकोष स्थापना गर्ने जोशीको घोषणा

दार्चुला । समाजसेवी धर्मानन्द जोशीले ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’ संचालनका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । मातृभूमि छात्रवृत्ति कार्यक्रम’ संचालनका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको बताएका हुन् । जोशीले आफुले अध्ययन गरेको लेकम गाउँपालिकामा अवस्थित श्री हुनैनाथ माध्यमिक विद्यालय रातामाटा र आफ्नो जन्मघर नजिक रहेको शैल्यशिखर नगरपालिकामा अवस्थित श्री गलैनाथ माध्यमिक विद्यालयका लागि ‘मातृभूमी छात्रबृत्ती कार्यक्रम’का लागि अक्षयकोष स्थापना गर्ने जोशीले जानकारी दिए ।

उनका अनुसार वुवा स्व। बिष्णुदत्त जोशी, आमा तुलसी देवी जोशी र काकी माधवी जोशीको सम्मान र मायामा, रु। ११÷११ लाख गरी जम्मा रु। २२ लाखको छात्रबृत्ती अक्षयकोष स्थापना गरिने छ ।

उल्लेखित रकम हाल आफ्नो खातामा सुरक्षण गरिएको र सम्बन्धित बिद्यालयहरुका प्रधानाध्यापकहरुसँगको छलफलपछि प्रकृया पूरा गरी आगामी असोज भित्र छात्रबृत्ती अक्षयकोषको खातामा औपचारिक रुपमा हस्तान्तरण गरिने जोशीले जानकरी दिए ।

यो रकम जोशीले आफ्नो तलबाट बचाएको बताएका छन् । जोशी सयुक्त राष्ट्रसंघमा कार्यरत छन् । उनले विगत १४ बर्ष देखि युद्धग्रस्त क्षेत्रमा काम गर्दै आइरहेका छन् ।
निकट भविष्यमा अक्षयकोषमा जोसुकैले पनि रकम थप गरि ‘मातृभूमी छात्रबृत्ती कार्यक्रम’ लाई थप सशक्त बनाउन सकिनेमा आफु पूर्ण विश्वस्त रहेको जोशीले बताए ।

दुवै विद्यालयको रकमबाट बार्षिक करिब २ लाख भन्दा बढी ब्याज आम्दानी हुने अपेक्षा गरिएको छ । छात्रवृत्ति २०८० देखि लागु हुनेछ । प्रत्ये वर्ष ५र५ जना छात्ररछात्राहरुलाई प्रदान गरिनेछ । छात्रवृत्तिले आधारभुत आवश्यकता पुरा गर्ने जोशीको विश्वास छ ।

साथै प्रत्येक बर्ष एकरएक उत्कृष्ट शिक्षिक वा शिक्षिका छनौट गरी रु १५,००० रुपैयाँ नगद र सम्मान पत्र दिईने पनि जोशीले बताएका छन् । ‘छात्रबृत्ती सम्बन्धी सम्पूर्ण प्रकृयाहरु पारदर्शी हुनेमा यहाँहरुलाई हामी आश्वस्त पार्न चाहन्छौँ।’ जोशीले भने, ‘यो अक्षयकोष दान मात्रै हैन, हाम्रो परिवारले शिक्षामा गर्दै आएको महत्वपूर्ण योगदानको निरन्तरता हो। यो हाम्रो तर्फबाट बालबालिका र भबिष्यप्रतिको उत्तरदायित्व बहन पनि हो। योगदान गर्ने कुरा प्रचुर धनदौलत भएर भन्दा पनि सोच र ईच्छाको कुरा हो।’

जोशीले थपे, ‘हाम्रो आफ्नै बाल्यकालमा शिक्षाको लागि गरेको असीम संघर्ष र त्यस्तै संघर्षबाट हालसमेत गुज्री रहेका कयौँ बालबालिकाहरुलाई सम्झिदै तथा बाबाले निःस्वार्थ रुपमा शिक्षामा गर्नु भएको योगदान सम्झिदै, गरिब, जेहेन्दार, सिमांकृत छात्रछात्राहरुलाई शिक्षित–दिक्षित भै असल मान्छे बन्नेतिर थोरबहुत हौसला प्रदान गर्नेमा हामीले बिश्वास लिएका छौँ ।’

सो अवसरमा जोशीले शिक्षादिक्षा दिने मातापिता, गुरुबर्ग र सम्पूर्ण सहयोगी हातहरुलाई धन्यावाद ज्ञापन गरेका छन् । उनले आफु कार्यरत संस्था सयुक्त राष्ट्रसंघलाई समेत धन्यवाद व्यक्त गरेका छन् । उपहार खबर बाट