ट्यांकर चालककाे साँचो खोसिदैँ

५ बर्ष अघि

२0७५ आश्विन ५ शुक्रबार

 ट्यांकर चालककाे साँचो खोसिदैँ

 

दृष्टिकोण समाचार असोज ५, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न थालेको छ । इन्धन ढुवानीमा असहयोग गर्नेको साँचो खोस्न मातहतको निकायलाई निर्देशन दिएको र प्रहरीसँग पनि समन्वय भइरहेको निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार ट्याङकर चालक र इन्धन ढुवानीकर्ताले तत्काल ढुवानी नथाले  निगम आफैँले कडा सुरक्षाकाबीच ढुवानी थाल्नेछ । त्यसका लागि निगमले आफैँले ६० जना चालकलाई तयारी अवस्थामा राखेको छ ।  निगमले अब आफैँले ढुवानीका लागि ट्याङकर किन्ने तयारी गरेको निगमका निमित्त कार्यकारी निर्देशक शुसिल भट्टराईले बताउँनुभयो । निगमसँग ट्याङकर नहुँदा ढुवानीमा धेरै समस्या भएकाे छ भने अब निगमले आँफैले ट्याङकर  खरिद गर्नेछ, यो विषयलाई हामीले पहिलो प्राथमिकतामा राखेको छ भट्टराईले बताउनु भयाे। चालकले पेट्रोलियम पदार्थको ढुवानी रोकेसँगै काठमाडौं उपत्यकासहित देशभरको पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ ।