नदीमा खसेर महिला बेपत्ता

२ बर्ष अघि

२0७९ श्रावण २0 शुक्रबार

नदीमा खसेर महिला  बेपत्ता

दार्चुला ।  नदीमा खसेर एक  महिला  बेपत्ता भएकी छन् । दार्चुला जिल्लाकाे नाैगाड गाउपालिका १ साङपाङ बस्ने अन्दाजी ३२ बर्षकि अम्मरा भनिने अनिता देबि ठगुन्ना नाैगाड नदीमा खसेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एव प्रहरी निरीक्षक जगत मगरले जानकारी दिनु भयाे ।
सूचना अधिकारी मगरका अनुसार अाज बिहान करीव  साढे ८ बजेतिर घर देखि अन्दाजी १ घण्टा लाग्ने गोदानी जंगलमा घास काट्ने क्रममा ५ सय मिटर तल नौगाड खोलामा खसेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका  सूचना अधिकारी  मगरले बताउनु भयाे ।
वेपत्ता महिलालाई खोज्न दल्लेखबाट प्रहरी टोली खटिएको बताएपनि वेपत्ता महिलालाई भेटाउन नसकिएको प्रहरीले जनाएको छ । वेपत्ता महिलाको घरमा १ छोरा दुई छोरी रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।