ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण

२ बर्ष अघि

२0७९ श्रावण १९ बिहीबार

ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण

काठमाडौंः ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको हो । ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ।

यसबारे विस्तृत विवरण आउन बाँकी छ। यसैबीच चिनियाँ गतिविधिको नजिकबाट नियालिरहेको ताइवानले जनाएको छ। ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर आफूहरुले युद्ध नचाहेको जनाएको छ। अमेरिकी सभामुख नेन्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ। यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ।

अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन्। ताइवानका शीर्ष नेताहरुसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किएकी थिइन्। यो भ्रमणले चीन–अमेरिका र चीन–ताइवानबीच विवाद बढाएको छ।