देउवालाई ज्योतिषीले भने– चुनावका लागि मंसिर ४ उत्तम, गठबन्धन २०८१ सम्म

२ बर्ष अघि

२0७९ श्रावण १७ मंगलवार

देउवालाई ज्योतिषीले भने– चुनावका लागि मंसिर ४ उत्तम, गठबन्धन २०८१ सम्म

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषी सुरेशचन्द्र रिजालले संघीय तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ उत्तम रहेको सुझाव दिएका छन्। ‘मैले भनेकै दिन निर्वाचन हुन्छ नै भन्ने त होइन। मंसिरको पहिलो साता उपयुक्त छ। त्यसमा मंसिर ४ सबैभन्दा उत्तम दिन हुन्छ’  उनले भने।    असार २२ मा निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री देउवालाई मंसिर २ गते निर्वाचन गर्न परामर्श दिएको थियो। ज्योतिषी तथा वास्तुविद् रिजाल यो गठबन्धन २०८१ सालसम्म रहने दावी गरेका छन्। प्रधानमन्त्री देउवालाई रिजालले नै ७ पटक प्रधानमन्त्री हुने बताएका थिए।