राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ बर्ष अघि

२0७९ श्रावण १७ मंगलवार

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दार्चुला । दार्चुलामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ । दार्चुलामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता स्थानिय तहहरुमा गएर अभियानको रुपमा सुरु हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले बताएका छन् ।

महानिर्देशक भट्टराईले “दार्चुला जिल्लामा सुरु हुने अभियानमा सक्रियता पूर्वक आआफ्नो पालिकामा गएर फोटो खिचाउन र विवरण दिन अनुरोध गरे ।” जसलाई ई पासपोर्ट आवश्यक छ त्यसलाई जिल्ला प्रशासनमा र जसलाई ईपासपोर्ट आवश्यक छैन् त्यसले पालिका वडामा आउने आभियानमा सहभागि हुन उनले आग्रह गरेका छन् । यो कार्यक्रम नेपालका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु र ४२ वटा इलाका प्रशासन कार्यालय तथा अन्य २० इकाई स्थापना गरी नागरिकका विवरण कार्य भइरहेको बताइएको छ । 

हाल सम्म ८० लाख ७५ हजार व्यक्तिका विवरणहरु प्राप्त गरि केन्द्रिय भण्डारणमा सुरक्षा गरी सकिएको बताए । हाल सम्म यो कार्यक्रम ३६ वटा जिल्लामा सम्पन्न भएको तथा १३ औ जिल्लाको रुपमा दार्चुलामा समेत यो अभियान सुरु भएको महानिर्देशक भट्टराईले बताए । राष्ट्रिय परिचयपत्र नागरिकता सरह भएको हुँदा परिचयपत्र विवरण दर्ताकालागि आउने कर्मचारीहरुलाई नगरपालिका, गाउँपालिका र वडाहरुबाट पुर्ण रुपमा सहयोग हुने बताए ।दार्चुलामा राष्ट्रिय परिचय पत्रका लागि झण्डै ९ हजार जनाको विवरण संकलन गरिएको छ ।

स्थापना कालदेखि हाल सम्म ९ हजार भन्दा बढि जनाको विवरण संकलन गरेको प्रशासनले जनाएको छ ।विःस २०७७ साल भाद्र ८ गते देखि सुरु भएको यो कार्यक्रम हाल सम्म ९ हजार १सय ७८ जनाको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी एवम सुचना अधिकारी हेमन्ती साउदले जानकारी दिनु भएको छ । 

हाल सम्म जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकाका ६ हजार ५सय ५७ जना पुरुष तथा २ हजार ६सय २१ जना महिलागरी ९ हजार १सय ७८ जनाको विवरण संकलन गरिएको साहयक प्रमुख जिल्ला अधिकारी साउदले बताउनु भयो । कार्यक्रममा नौ वटै स्थानियतहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु, समन्वय अधिकारी, सुरक्षानिकायका प्रमुख र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।