महंगी र भ्रष्टाचारविरुद्ध एमालेको वृहत जनप्रदर्शन

२ बर्ष अघि

२0७९ श्रावण १६ सोमबार

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको वृहत जनप्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा  एमालेले जनसरोकारका विषयमा काठमाडौंमा वृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ । मुलुकमा महंगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो । जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ ।  प्रदर्शनमा उनीहरुमध्‍ये  कोही ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्‍दै नारा लगाएका थिए ।