अमेरिकामा भारतीय लगायत दक्षिण एशियाली हिन्दूहरुको जनसंख्या बढेसँगै त्यहाँ हिन्दूहरुको मन्दिरहरु संख्या तीव्र

२ बर्ष अघि

२0७९ श्रावण १६ सोमबार

अमेरिकामा भारतीय लगायत दक्षिण एशियाली हिन्दूहरुको जनसंख्या बढेसँगै त्यहाँ हिन्दूहरुको मन्दिरहरु संख्या तीव्र

एजेन्सी  अमेरिकामा भारतीय लगायत दक्षिण एशियाली हिन्दूहरुको जनसंख्या बढेसँगै त्यहाँ हिन्दूहरुको मन्दिरहरुको संख्या पनि तीव्र रुपमा बढेको छ। लस एन्जलसदेखि न्यूयोर्कसम्म मन्दिरका घण्टी र भजनहरु सुनिन थालेको छ।


अमेरिकामा लगभग सबै हिन्दू पन्थहरुको प्रतिनिधित्व गर्ने मन्दिरहरू भेटिन्छ। एक तथ्याङ्कअनुसार, सन् २००६ मा अमेरिकामा ५३ वटा हिन्दू मन्दिर थिए, जुन सन् २०१७ मा २५० पुगेको थियो। सोही तथ्याङ्कअनुसार यो वर्ष अर्थात सन् २०२२ मा मन्दिरको संख्या बढेर ७५० पुगेको छ।


मन्दिरहरुको संख्या पछिल्लो पाँच वष सबैभन्दा बढि वृद्धि भएको छ, यस अवधिमा मन्दिरको संख्या २०० प्रतिशतले बढे। अहिले धेरै राज्यमा मन्दिरलाई त्यहाँका समुदायले पनि स्वीकार्न थालेको छ। जस्तो न्यूयोर्कको एउटा मन्दिर पुग्ने सडकलाई ‘गणेश टेम्पल स्ट्रिट’ नाम दिइएको छ।

११७ वर्षअघि बनेको थियो पहिलो हिन्दू मन्दिर


स्वामी विवेकानन्दले सन् १८९० मा शिकागोमा हिन्दू सम्मेलनमा चर्चित भाषण दिएपछि न्यूयोर्क र सान फ्रान्सिस्कोमा वेदान्त समाज स्थापना गरेका थिए। वेदान्त समाजले सन् १९०५ मा अमेरिकाको पहिलो मन्दिर सान फ्रान्सिस्कोमा बनाएको थियो।


अमेरिकाका चर्चित हिन्दू मन्दिर र स्थान

अक्षरधाम मन्दिर– न्युजर्स
श्री स्वामीनारायण मन्दिर –एटलान्टा
न्यू वृन्दावन मन्दिर –वेस्ट भर्जिनिया
श्री शिव विष्णु मन्दिर –ह्युस्टन, टेक्सस
श्री वेन्कटेश्वर मन्दिर –पिट्सवर्ग, पेनसिल्भेनिया
शिव विष्णु मन्दिर –दक्षिण फ्लोरिडा

स्वदेशसँगको जोडिने एक मार्ग

अमेरिकामा आधा दर्जन मन्दिर नभएको कुनै राज्य छैन। बढ्दो मन्दिरहरूले हिन्दूहरूलाई आफ्नो देश र संस्कृतिसँग जोडिरहेका छन्। आफ्नो देशमा रहँदा मन्दिर जाने कुरामा खासै ध्यान नदिनेहरु पनि अमेरिकामा पुगनेपछि मन्दिर धाउने गरेको पनि देखिन्छ।

खासमा मन्दिरमा आफ्नो समुदायको मानिसहरु भेटिने भएकाले पनि हुनसक्छ। मनोवैज्ञानिक रुपमा आप्रवासी हिन्दूहरुले विदेशी भूमिमा महसुस हुने देशप्रतिको लगावलाई जीवित राख्न मन्दिरलाई प्रयोग गरेका हुन सक्छन्।