बंगलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ लाई ४० करोड डलर बढी ऋण उपलब्ध गराउन अनुरोध

२ बर्ष अघि

२0७९ श्रावण १६ सोमबार

बंगलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ लाई ४० करोड डलर बढी ऋण उपलब्ध गराउन अनुरोध

एजेन्सी । बंगलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ लाई ४० करोड डलर बढी ऋण उपलब्ध गराउन अनुरोध गरेको छ । बंगलादेशले आर्थिक जोखिम बढेपछि बाध्यतावश आईएमएफसँग सम्पर्क गरेको विश्लेषकहरू बताउँछन् ।

बंगलादेश सरकारले गत आइतबार आधिकारिक रूपमा आईएमएफलाई ऋणको लागि पत्र पठाएको त्यहाँको अर्थ मन्त्रालयका अधिकारीहरूले पुष्टि गरेका छन् । आईएमएफको एसिया र प्रशान्तीय विभागका निर्देशक कृष्णा श्रीनिवासनले रोयटर्स समाचार एजेन्सीसँगको कुराकानीमा बंगलादेशले ऋणका लागि आईएमएफको ‘क्रेडिटर्स रेजिलेन्स एण्ड सस्टेनेबिलिटी ट्रस्ट’सँग वार्ताको प्रस्ताव गरेको बताए ।

उनका अनुसार बंगलादेशले आईएमएफसँग ४ अर्ब १६ करोड डलर सहयोग मागेको छ । श्रीनिवासनको यस्तो खुलासाका बाबजुद बंगलादेशका कुनै अधिकारीले पनि आईएमएफसँग कति ऋण मागेको भन्ने आधिकारिक रूपमा खुलाएका छैनन् । तर बंगलादेशको अंग्रेजी पत्रिका डेली स्टारले अर्थ मन्त्रालयका उसको स्रोतलाई उद्धृत गर्दै बंगलादेशले ४।५ अर्ब डलर ऋण मागेको लेखेको छ । आइतबार बंगलादेश सरकारले आधिकारिक रूपमा आईएमएफलाई एक पत्र पठाएर ऋणको लागि प्रस्ताव गरेको छ । तर बंगलादेशले आईएमएफसँग यति ठूलो ऋण लिन किन खोज्दैछ रु

‘बाध्य भएर आईएमएफको शरणमा’
अन्तर्राष्ट्रिय बजारमा अहिले तेल तथा ग्यास, मेसिनरी तथा कच्चा पदार्थको मूल्यवृद्धिले बंगलादेशसँगको विदेशी मुद्राको सञ्चितिमा ठूलो दबाब परेको अर्थविद्हरू बताउँछन् । बंगलादेशले यही दबाबलाई झेल्न आईएमएफ दाताहरूसँग सम्पर्क गरेको हो ।