यसरी नेपालमा चिनियाँ आपराधिक साम्राज्य फैलियो

२ बर्ष अघि

२0७९ श्रावण १६ सोमबार

यसरी नेपालमा चिनियाँ आपराधिक साम्राज्य फैलियो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा–२ जानकीनगरमा रहेको शंकास्पद कल सेन्टरमा छापा मारेको छ । ब्लु स्काई बिजनेस सोलुसन नामको कल सेन्टर ठगीको कारोबारमा संलग्न रहेको पाइएको छ ।प्रहरीले कल सेन्टरमा छापा मारेर एक चिनियाँ नागरिक, अपराधमा संलग्न एक भारतीय नागरिक र ठगीको कारोबारमा प्रयोग हुने २५८ नेपाली युवालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार यस कल सेन्टरबाट नेपालीसहित हजारौं भारतीय नागरिक ठगी भएका छन् ।