निर्माण व्यवसायीको एकाधिकार स्वीकार्य नहुनेः प्रधानमन्त्री

५ बर्ष अघि

२0७५ आश्विन ४ बिहीबार

 निर्माण व्यवसायीको एकाधिकार स्वीकार्य नहुनेः प्रधानमन्त्री

 

दृष्टिकोण समाचार ४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायमा एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन् । व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भएमा सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटकपटक म्याद नथप्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय र कानूनसम्मत रुपमा काम गर्न आग्रह गरे । जानीजानी कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा कारवाही गर्ने उनले बताए ।

आर्थिक अवस्थाअनुसार कम खर्चमा बढी उत्पादन र प्रतिफल हुने गरी काम गर्नुपर्ने भन्दै उनले निर्माण व्यवसायीलाई समयमा गुणस्तरीय काम गरेर आफ्नो छवि राम्रो राख्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले विगतका कमिकमजोरी पनि समीक्षा गर्न र आगामी बाटोको संकल्प गर्न आग्रह गर्दै आर्थिक समृद्धिका लागि सरकार निर्माण व्यावसायीको साथमा रहेको बताए ।

मुलुकी अपराध संहिता व्यावसयीको रक्षाका लागि आएको भन्दै उनले त्यसमा भएका कमजोरी सच्याइने बताए ।मुलुकी संहिता बनाउने बेला सबैको ध्यान चुनावमा रहेको स्मरण गर्दै उनले भने, उनले भने, मलाई लाग्छ त्यो बेलाको सरकारको पनि एेन ल्याउदा गलत नियत राख्नु भएको थिएन । अहिलेको सरकारको पनि कुनै गलत नियत छैन । केही कमिकमजोरी भएको भए संशोधन गर्न सकिन्छ ।