निर्मलाको न्यायका लागि लड्छु’ स् रवि लामिछाने

२ बर्ष अघि

२0७९ श्रावण १५ आईतवार

निर्मलाको न्यायका लागि लड्छु’ स् रवि लामिछाने

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्मला पन्तको न्यायका लागि लड्ने बताएका छन् । पार्टीको जिल्ला भेलामा सहभागी हुन महेन्द्रनगर पुगेका लामिछानेले बलात्कारपछि हत्या भएकी निर्मला पन्तको घरमा पुगेर यस्तो बताएका हुन् । 

उनले निर्मलाकी आमा दुर्गा पन्तलाई भेटेर आफू जिवित रहुँन्जेलसम्म न्यायका लागि लडिरहने प्रतिबद्धता जनाए । निर्मलाकी आमालाई भेटेपछि उनले फेसबुकमा लेखेका छन् ‘न्याय नपाए गोर्खा जानू भन्ने चलन हाम्रा पुर्खाहरुले सयौं वर्ष अगाडि चलाएका थिए । एउटा देशको नागरिकले अन्याय भएको महशुस गरे । न्यायालय नै अन्तिम विकल्प हो, त्यो अन्तिम विकल्पलाई पनि राजनीतिकरणले ध्वस्त बना ए। चिन्ता नगर्नुहोस, मैले बाटो फेरेको मात्र हुँ, वाचा फेरेको छैन । आफू जिवित हुन्जेल निर्मलाले न्याय पाउने आशलाई अन्त्य हुन दिने छैन। यसैपालि नेतृत्व गरेर ,अपराधीलाई सजाय नदिलाई आराम गरेर बस्ने छैन ।’ भीमदत्त नगरपालिका २ की निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार बर्ष पुगिसक्दा समेत दोषी पत्ता लाग्न सकेको छैन् ।