दुईवटा कम्युनिष्ट पार्टी बनाउनुपर्छ – माओवादीका सिपी गजुरेल

२ बर्ष अघि

२0७९ श्रावण १५ आईतवार

दुईवटा कम्युनिष्ट पार्टी बनाउनुपर्छ – माओवादीका सिपी गजुरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी० का वरिष्ठ नेता सिपी गजुरेल ‘गौरव’ ले देशमा २ वटा कम्युनिष्ट पार्टी बन्न सक्ने आधार भएको बताएका छन् ।

पुष्पलाल अध्ययन समाजद्धारा काठमाडौंमा आयोजित पुष्पलाल स्मृति सभामा बोल्दै नेता गजुरेलले अहिले एउटा कम्युनिष्ट पार्टी बनाउन तम्सनु समय मात्र बर्वाद हुनु हो भन्दै २ वटा पार्टी बन्न सक्ने बताएका हुन् ।

अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले पुष्पलाल स्मृतिका अवसरमा देशभरीका कम्युनिष्टहरु एउटै छातामुनि आएर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने सपथ खाऔं भन्ने प्रस्तावको प्रत्युत्तर दिँदै नेता गजुरेलले दलाल पुँजीवादी संक्रमणमा रहेको संसदवादीहरु र नयाँ जनवादी धारका क्रान्तिकारी कम्युनिष्टहरुको एउटै पार्टी बनाउने संभावना तत्काल नरहेको बताएका थिए ।

उनले नेकपा ९क्रान्तिकारी माओवादी० को नेतृत्वमा एउटा पार्टी र ओली, प्रचण्ड, माधव समेतका अर्को पार्टी बनाउदा उपर्युक्त हुने भन्दै विभिन्न समूहहरु विचारधाराका आधारमा सँगै बस्दा राम्रो हुने सुझाव दिएका थिए ।

कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा ९माओवादी केन्द्र० का नेता दीनानथ शर्मा र एमाले उपाध्यक्ष युवराज ज्ञवाली लगायतका नेताले सम्बोधन गरेका थिए ।