धारर्चुलामा पहिरो जाँदा दुइतले घर ध्वस्त,स्थानीयहरुलाई सुरक्षित स्थानमा सारियो

२ बर्ष अघि

२0७९ श्रावण १४ शनिबार

धारर्चुलामा पहिरो जाँदा दुइतले घर ध्वस्त,स्थानीयहरुलाई सुरक्षित स्थानमा सारियो

दार्चुला । भारतको पिथौरागढ स्थित धारर्चुलामा पहिलो जाँदा केहीघरहरुमा क्षति पुगेको छ । शुक्रबार साझ धारर्चुलाको मल्ली बजार क्षेत्रस्थित फुलबस्तीको एल्धारा डाडाबाट पहिरो खस्दा केही घरहरुमा क्षति पुगेको भारतीय संञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।


पहिरोसंगै खसेको ढुंगाले मल्ली बजारस्थित ओपी वर्माको दुईतले घर पुर्ण रुपमा ध्वस्त भएको भारतीय संञ्चार माध्यमहरुले समाचार लखेका छन् । घरमा मान्छे कोही नभएकाले मानविय क्षति हुन रोएिको बताइएको छ ।

पहिरो खसेपछि उक्त स्थानका बासिन्दाहरुलाई सरकारी गल्स इन्टर कलेज र ब्वाइज इन्टर कलेज धारर्चुलामा पठाइएको भारतीय नागरीकहरुले बताएका छन । विधायक हरिस धामीले मुख्यमन्त्री पुष्कर सिह धामी र पिथौराढका डिएम आशिष चौहानसंग तत्काल राहात रकम उपलब्ध गराउन माग समेत गरेका छन । बर्षातमा बाढी, पहिरोको जोखिम उच्च रहेकोले सतर्कता अपनाउन त्यहाँको स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको छ ।