अन्तर्राष्ट्रिय बीमा सम्मेलन नेपालमा दोस्रो पटक आयोजना हुने

५ बर्ष अघि

२0७५ आश्विन ४ बिहीबार

अन्तर्राष्ट्रिय बीमा सम्मेलन नेपालमा दोस्रो पटक आयोजना हुने

दृष्टिकोण समाचार ४ असोज, काठमाडौं । नेपालमा आयोजना हुन लागेको २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन नेपालमा याे सम्मेलनमा नेपालमा दोस्रो पटक आयोजना हुन लागेको हो तथा तयारी तीव्र पारिएको बीमा समितिले जनाएको छ । आगामी ९ गतेदेखि राजधानीमा शुरु हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बीमा समितिले जानकारी दिएको छ ।

यो संगठन विश्वभरका बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुको साझा संगठन हो । एआईआरडीसी भन्ने एउटा अन्तर्राष्ट्रिय संगठनमा आवद्ध देशहरुबीच यस्तो सम्मेलन आयोजना हुँदै आएको छ । समितिका अनुसार सम्मेलनमा २० राष्ट्रको सहभागिता हुने पक्का समेत भएको छ ।  १६ वर्षअघि नेपालमा यो सम्मेलन आयोजना भएको थियो । करिब २ दशक पछि सम्मेलन आयोजना गर्न पाएको अवसरको भरपुर सदुपयोग गर्ने तयारी समितिले गरेको छ ।

यसअघि सन् १०१६ मा बहराइनमा अन्तर्रा्ष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । सन् २०१६ मा बहराइनमा भएको २० औं सम्मेलनले आगामी २१ औं सम्मेलन नेपालमा गर्ने निर्णय गरेको थियो । सोहीअनुसार नै यस वर्ष नेपालमा अन्तर्राष्ट्रि बीमा सम्मेलन आयोजना गर्न लागिएको हो ।