चिनियाँ ऋणको कारणा श्रीलंकामा उत्पन्न आर्थिक संकट

२ बर्ष अघि

२0७९ श्रावण १४ शनिबार

चिनियाँ ऋणको कारणा श्रीलंकामा उत्पन्न आर्थिक संकट

एजेन्सी । चिनियाँ ऋणको कारणा श्रीलंकामा उत्पन्न आर्थिक संकटले त्यहाँ विद्रोह निम्याएको छ । टापु राष्ट्रको रूपमा चिनिने श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेका कारण त्यहाँ आर्थिक संकट आएको अर्थविद्हरू बताउँछन्र ।

राष्ट्रपति गोटाबाया राजापाक्षे कोलम्बोबाट अज्ञात गन्तव्यमा भाग्नु र श्रीलंकाका आम जनताले राष्ट्रपति निवास र प्रधानमन्त्री निवास कब्जा गर्नु चीनसँग ऋण लिइ आर्थिक संकट उत्पन्न हुनु खतराको ज्वलन्त उदाहरण हो।

बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत चिनियाँ ऋण नलिन अन्य साना राष्ट्रहरूलाई गम्भीर चेतावनी दिइएको छ । पछिल्लो समय चिनियाँ ऋण जालको चपेटामा अधिकांश साना देशहरू परिरहेका छन् । डेढ दशकअघि श्रीलंका सरकारले लिबरेशन टाइगर्स अफ तमिल इलमसँग जुधिरहेको बेला चीनले श्रीलंकामा प्रवेश गर्न थालेको थियो।