डिफेन्डर कुलदिपले भारतीय क्लबबाट खेल्ने

२ बर्ष अघि

२0७९ श्रावण १४ शनिबार

डिफेन्डर कुलदिपले भारतीय क्लबबाट खेल्ने

काठमाडौं । डिफेन्डर कुलदिप कार्की भारतीय क्लब रेल्वे एफसीमा अनुबन्धित भएका छन् । ए डिभिजन क्लब जावालाखेलबाट खेल्दै आएका कुलदिपलाई  एक सिजनको लागि अनुबन्ध गरिएको रेल्वेले सामाजिक संजालमार्फत जनाएको छ । तर अनुबन्ध रकम भने खुलाएको छैन । कुलदिपले अब रेल्वेबाट कलकता फुटबल लिग खेल्ने छन् । कुलदिपले गत सिजन ए डिभिजन लिगमा जावलाखेलको कप्तानी गरेका थिए । कुलदिपले एफसी चितवनबाट पहिलो सिजनको नेपाल सुपर लिग खेलेका थिए । यसअघि ए डिभिजन क्लब थ्रीस्टारका मिडफिल्डर मनग्य नकर्मी कोलकता लिग क्लब खिदिरपुर स्पोर्टिङ क्लबले अनुबन्ध गरेको थियो ।