नेपाल निजामती कर्मचारी संगठन द्धारा विरामीलाई फलफुल वितरण

२ बर्ष अघि

२0७९ श्रावण १४ शनिबार

नेपाल निजामती कर्मचारी संगठन द्धारा विरामीलाई फलफुल वितरण

दार्चुला । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिती द्धारा जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ । शनिवार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिती दार्चुलाको आयोजनामा सहिद मनोज जोशी, झपेन्द्र कार्की, सुरेन्द्र विकको स्मृति दिवसको अवसमा जिल्ला अस्पताल दार्चुलामा रहेका २५ जना विरामीलाई फलफुल वितरण गरेको नेपाल निजामती कर्मचारी संगठनका कोषध्यक्ष लोकेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । फलफुल वितरण कार्याक्रममा जिल्ला अस्पताल दार्चुलाका डा. विजय भुर्तेल नेपाल निजामती कर्मचारी संगठन सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष श्याम सिह धामी, नेपाल निजामती कर्मचारी संगठन दार्चुलाका कोषध्यक्ष लोकेन्द्र प्रसाद भट्ट,स्वस्थ्यकर्मी महासंघ दार्चुलाका अध्यक्ष दिपक राज विष्ट,  स्वास्थ्यकर्मी लगायत जिल्ला कार्यसमितीका सदस्यहरुको उपस्थिती रहेको थियो ।