खण्डेश्वरी मावि क्षेत्तीका छात्राहरुमा अज्ञात रोग देखिएपछि विद्यालय बन्द

२ बर्ष अघि

२0७९ श्रावण १३ शुक्रबार

खण्डेश्वरी मावि क्षेत्तीका छात्राहरुमा अज्ञात रोग देखिएपछि विद्यालय बन्द

दार्चुला । दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी मावि क्षेत्तीका छात्राहरुमा अज्ञात रोग देखापरेपछि पठनपाठन बन्द गरिएको छ । हिजो साउन १२ गते बसेको शिक्षक तथा कर्मचारीको बैठकको निर्णय अनुसार खण्डेश्वरी माबिमा अद्ययनरत छात्राहरुमा विगत चार पाँच दिनदेखि अज्ञात रोगका कारण एक्कासी छटपटिने, रुने, कराउने, मुर्छा पर्ने, भिडभाडदेखि डराउने जस्ता लक्षणहरुले गर्दा स्वास्थ्यमा समस्या पर्न गइ विद्यालयमा पठनपाठनमा बाधा पर्न गएकाले साउन १३ गतेदेखि १७ गतेसम्म पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयका प्रधानाद्यापक खडक सिंह लोथ्यालले जानकारी दिनुभयो । यस्तो समस्या गाउँघरमा पनि देखा परेमा एकान्तमा बस्नुहुन तथा धेरै भिडभाड र घुलमिल हुने ठाउँमा आफ्ना नानिबाबुहरुलाई नपठाउन समेत अभिभावकहरुलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिक परीक्षा अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको प्रधानाद्यापक लोथ्यालले जानकारी दिनुभयो । विद्यालयको प्रशासनीक काम भने निरन्तर सञ्चालनमा रहने बताइएको छ ।