दश तस्बीरमा हेर्नुहाेस दार्चुलामा मनाईएकाे स‌ंविधान दिवस : २०७५

६ बर्ष अघि

२0७५ आश्विन ३ बुधबार

दश तस्बीरमा हेर्नुहाेस दार्चुलामा मनाईएकाे स‌ंविधान दिवस : २०७५

दृष्टीकोण समाचार, असोज ३ दार्चुला । नेपालको संविधान २०७२ जारी भएको दिन असोज तीन गते देशै भर विविध कार्यक्रम गरी संविधान दिवस मनाईएको छ ।

दिवसको अवसरमा दार्चुला सदुरमुकाम खलंगामा असोज २ गते देखि ४ गते सम्म विभिन्न गतिविधिहरु गरिने दिवस आयोजक मुल समारोह समिति दार्चुलाले जनाएको छ । 


यसै अन्तरगत आज जिल्ला सदरमुकाम खलंगा बजारमा प्रभात फेरी गरी खुल्ला मञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला समन्वय समिति दार्चुला प्रमुख करबिर बहादुर कार्कीको अध्यक्षतामा भएको औपचारिक समारोहमा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य प्रमुख अतिथी रहेका थिए ।

भने कार्यक्रममा महाकाली नगरपालिकाका मेयर हंसराज भट्ट विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा जनप्रतिनिधी, पार्टी प्रतिनिधी, सरकारी कार्यालयका प्रमुख, संघसंस्थाका प्रमुख एवं शिक्षक विद्यार्थी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।


संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य राख्ने अधिकाँश बक्ताहरुले अब संविधानको कार्यान्वयनको पाटोलाई जोड दिएका छन् ।
यसका अतिरिक्त अहिले कञ्चनपुर जिल्लामा भएको निर्मला हत्या प्रकरणको बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा दार्चुला बहुमुखी क्याम्पसका विद्यार्थीहरुले बक्तृत्वकला, महेन्द्र नुमना माविका विद्यार्थीहरुले विभिन्न कविता गीत र नृत्य प्रस्तुत गरेका छन् भने डिभि जोशी स्मृति प्रतिष्ठानले विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गरेको छ ।