अनेमसंघ क्रान्तिकारी दार्चुलाको जिल्ला भेला सम्पन्न, अध्यक्षमा रावल चयन

२ बर्ष अघि

२0७९ श्रावण १३ शुक्रबार

अनेमसंघ क्रान्तिकारी दार्चुलाको जिल्ला भेला सम्पन्न, अध्यक्षमा रावल चयन

दार्चुला । अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला कार्य समिति दार्चुलाको दोस्रो जिल्ला भेला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । अनेमसंघ क्रान्तिकारी जिल्ला कार्य समिति अध्यक्ष बिस्ना धामीको अध्यक्षता रहेको भेलामा नेकपा माओवादी केन्द्र दार्चुलाका इन्चार्ज लक्ष्मी विकको प्रमुख आतिथ्यततामा रहेको थियो । दोस्रो जिल्ला भेला तथा बैठकले नयाँ कार्य समिति चयन गर्नुका साथै र ९ वटै स्थानीय तहमा महिला ईन्चार्ज र संयोजक तोकेको छ । गायत्री रावलको अध्यक्षतामा ३१ सदस्यीय अनेमसंघ ९क्रान्तिकारी० जिल्ला कार्य समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा उर्मिला कार्की, बागमती ठगुन्ना, दिलमाया लोथ्याल, सचिवमा भगवती बडाल, सहसचिव शान्ति धामी र कोषाध्यक्षमा तारा टमटा लगायत सदस्य छन् । साथै बैठकले नौ वटै स्थानीय तहमा इन्चार्ज र संयोजक तोकेको छ । जसअन्तर्गत व्याँस गाउँपालिका इन्चार्जमा बिस्ना धामी र संयोजकमा सीता कुवँर, महाकाली नगरपालिकाको ईन्चार्जमा रुपसी लुहार र संयोजकमा सुमित्रा कुवँर, दुहुँ गाउँपालिका ईन्चार्जमा उर्मिला कार्की र संयोजकमा तारा कुँवर, मालिकार्जुन गाउँपालिका ईन्चार्जमा तारा टमटा र संयोजकमा धाना धामी, लेकम गाउँपालिकाको ईन्चार्जमा शान्ति धामी र संयोजकमा सरस्वती पार्की चयन हुनुभएको छ ।

यस्तै मार्मा गाउँपालिकाको ईन्चार्जमा बागमती ठगुन्ना, शैल्यशिखर नगरपालिकाको ईन्चार्जमा लक्ष्मी लुहार र संयोजकमा पार्वती रावल, नौगाड गाउँपालिकाको ईन्चार्जमा सरोजनी कुँवर र संयोजकमा निर्मला बडाल र अपिहिमाल गाउँपालिकाको ईन्चार्जमा दिलमाया लोथ्याल र संयोजकमा जानकी लोथ्याल चयन हुनुभएको छ । बैठकमा नौँ वटै स्थानीय तहबाट महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।