दार्चुलाका दाहालसहित १० खेलाडीले पाए ओलम्पिक स्कोलरसिप

२ बर्ष अघि

२0७९ श्रावण १२ बिहीबार

दार्चुलाका दाहालसहित १० खेलाडीले पाए ओलम्पिक स्कोलरसिप

दार्चुला । ब्याड्मिन्टन स्टार दार्चुलाका प्रिन्स दाहालसहित १० जना खेलाडीले ओलम्पिक स्कोलरसिप (छात्रवृत्ति) प्राप्त गरेका छन् । सन् २०२४ मा फ्रान्सको पेरिसमा हने गृप्मकालीन ओलम्पिकका लागि उनीहरुले स्कोलरसिप पाएका हुन् । 

सम्बन्धीत खेल संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटिले स्कोलरसिपका लागि खेलाडी छनोट गरेका हुन् । अन्तराष्ट्रिय ओलम्पिक कमिटीले  पनि स्विकृत गरेको छ । छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहने बताएको छ । 

छनोट हुने खेलाडीमा ब्याड्मिन्टनका प्रिन्स दाहाल ( व्यक्तिगत) सहित टेबल टेनिसका संयोग कपालली (व्यक्तिगत),फेन्सिङका पायष योञ्जर ( साबर) । पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्रि स्टाइल) रहेका छन् । 

यस्तै जुडोकी मनिता श्रेष्ठ प्रधान (५६ केजी मुनि) सुटिङकी सुष्मिता नेपाल ( १० मिटर एयर राइफल) तेक्वान्दोकी युनिसिया राई (४९ केजी मुनि) डान्स स्पोर्टसका दीपक लामा (बि ब्वाइङ) गल्फका सुभाष तामाङ (व्यक्तिगत) र भारोत्तोलनका सागर भण्डारी (१०१ केजी मुनि ) रहेका छन् । 

छात्रवृत्ती अन्तर्गत प्रत्येक खेलाडीले मासिक ७ सय ५० डलर प्राप्त गर्नेछन् । र यो ओलीम्पिकको अन्तिम छनोटसम्म कायम रहने छ ।  छनोटमा सफल रहे ओलम्पिक प्रतियोगिता सम्म नै छात्रवृत्ति कायम हुने जनाएको छ । 

अन्तराष्ट्रिय ओलम्पिक कमिटीले सन् २००४ के एथेन्स ओलम्पिकदेखि यस प्रकारको छात्रवृत्ति प्रदान गर्न सुरु गरेको थियो ।