लाइसेन्स, ब्लुबुक बुझाएर गाडी चालकहरु आन्दोलनमा

६ बर्ष अघि

२0७५ आश्विन ३ बुधबार

लाइसेन्स, ब्लुबुक बुझाएर गाडी चालकहरु आन्दोलनमा

सन्तोष भण्डारी, असोज ३ गोकुलेश्वर । मजदुर आन्दोलनलाई समर्थन गर्र्दै गोकुलेश्वरमा असोज तीन गते ६ घण्टा गाडी बन्द गरिएका छन् । यातायात व्यवस्था ऐनले पछिल्लो समय गाडी दुर्घटनामा परेपछि चालकलाई २० बर्ष जेल सजाय हुने कानुन ल्याएपछि देशैभरका गाडी चालकहरु आन्दोलनमा उत्रेका हुन् । मजदुर आन्दोलनलाई समर्थन गर्दै आफूहरुले आन्दोलनमा ऐक्यबद्धता जनाएको जिप चालक प्रजय महरले बताउनु भयो । यसैबीच आज विहान ९ बजे देखि दिउसो तीन बजेसम्म गोकुलेश्वर बजारमा चालकहरुले गाडी थक्याएका छन् । भोलीबाट फेरी अनिश्चितकालका लागि गाडि बन्द गरिने अर्का चालक मोहन कोलीले जानकारी दिनुभयो ।  बुधबार चारबजेबाट भने सवारी साधनहरु सञ्चालनमा आएका छन् । गन्तव्यमा पुग्ने यात्रीहरु अलपत्र परेपछि प्रशासनको आग्रहमा गाडी सञ्चालनमा ल्याइएका हुन् । दार्चुलामा भने लामो तथा छोटो दुरीका सवारी साधनहरु फाट्ट फुट्ट रुपमा चलेका छन् । लामो दुरीका सवारी साधन चलिरहेको महाकाली यातायात समितिले जनाएको छ ।