ठमेलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा, ४ पक्राउ

२ बर्ष अघि

२0७९ श्रावण १२ बिहीबार

ठमेलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा, ४ पक्राउ

काठमाडौं । प्रहरीले ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा छापा मारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ज्याठामा भियना होटलसँगै रहेको भवनबाट चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको एसपी दिनेशराज मैनालीले  बताए ।


प्रहरीले घरबाट २७ वटा ल्यापटप, ४७२ मोबाइल, एनसेल र स्मार्ट सेलको सीम कार्ड २०र२० वटा र एक लाख ९० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड पनि बरामद गरेको छ ।

गत सोमबार प्रहरीले तीनकुनेको कल सेन्टरमा छापा हानेर चिनियाँ नागरिकसहित ३६ जनालाई पक्राउ गरेको थियो । आइतबार प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा हानेको थियो ।


प्रहरीले काठमाडौंका विभिन्न स्थानमा ७ पुस २०७६ मा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि लिन चीनले चार्टर्ड जहाज नै पठाएको थियो । यो अपरेशनलाई नेपाल र विदेशी प्रहरीको सहकार्यमा भएको हालसम्मकै सबैभन्दा ठूलो संयुक्त कारबाही मानिने गरेको छ ।