राजनैतिक धुव्रिकरणका विच चिनले आफ्नो पतनको बाटोलाई पछ्याईरहेको छ

२ बर्ष अघि

२0७९ श्रावण ११ बुधबार

राजनैतिक धुव्रिकरणका विच चिनले आफ्नो पतनको बाटोलाई पछ्याईरहेको छ

एजेन्सी । चिन विश्व शक्ति राष्ट्र बन्ने दाउमा रहेको छ । विश्वमा बढिरहेको तिव्र धुव्रिकरणका विच आफ्नो विस्तारवादी नितिलाई दक्षिण एसिया लगायत विश्वमा आफ्नो प्रभावलाई जबरजस्ती लाद्न खोजीरहेको छ ।

चिन केन्द्रित एसिया र विश्व वरियतामा शिर्ष स्थानमा आउन सशक्त रुपले लागि परेको छ । चिन संग सिमा जोडिएका नेपाल , मंगोलिया, लावस , भियतमान, ताजिकस्थान , कार्गिजस्तान लगायत सिमा जोडिएको मुलुकहरुमा आफ्नो प्रभाव र प्रभुत्वलाई स्थापित गर्न चिनले दबाब र सहयोग दुवै गर्दै आईरहेको छ ।

सहयोग मार्फत प्रभाव जमाउन नसके दवाव सिर्जना गरेर भएपनि आफ्नो प्रभुत्वलाई स्थापित गराउन चाहान्छ । यसको पछिल्ला उदाहरणहरु पछिल्लो समय चिनको राजदुतहरुको सक्रियता र कुटनैतिक दवावहरुलाई लिन सकिन्छ । चिनको अधिनायकवाद तर्फको पुन प्रस्थानले उसलाई नि गम्भिर संकटमा धकेल्न सक्नेछ । विशेष गरेर चिनले आफ्नो प्रगतिको कारक बनेको दक्षिण एसियाका मुलुक संगको विश्वासलाई गुमाई रहेको छ । विश्वलाई आफ्नो वसमा राख्न चाहाने र विश्व शक्ति राष्ट्र बन्न खोज्ने एउटा संसोधनवादी शक्ति बन्ने दाउमा छ चिन तर, विश्व राजनितिले चिनको प्रभावलाई स्वीकार गरिराखेको छैन , राजनैतिक धुव्रिकरणका विच चिनले आफ्नो पतनको बाटोलाई पछ्याईरहेको छ ।

दक्षिणी चिन सागरमा देखिएको तनाव , ताईवान र हङकङ प्रतिको कठोर कदम , चिन भित्र रहेको उइगुर मुसलमान प्रतिको चरम दमन , छिमेकी मुलुकहरुलाई दवावको भरमा दिएको आर्थिक भार यसको कारक बन्ने देखिन्छ । चिनको चरम महत्वकांक्षले पूर्वि एसिया भन्दा बाहिर पनि अन्य मुलुकहरुले मोर्चावन्दी कसिरहेका छन् ।

अधिकांश चिन संग नजिकिएको फिलिपीन्सले समेत दक्षिण चिन सागरमा आफ्नो दावी गर्दा हवाई तथा सामुन्द्रिक गस्ती बढाईरहेको छ । चिन र्सगकै विवादमा रहेको भियतनामले ससैलाई टक्कर दिन पानी जहाज भेदी सामुन्द्रिक  क्षेप्यास्ता , रुसी लडाकु पनडुन्ची लडाकु विमान र कु्रज मिसाईल युक्त पानि जहाज खरिद गर्दै छ । सिंगापुर चुपचाप अमेरिकाको सेन्च साझेदार बनिसकेको छ यसबाट प्रष्ट हुन्छ की राजनैतिक र रणनैतिक हिसावले यी मुलुकहरु चिन संग आक्रमक बन्दै गईरहेका छन् । चिनसंग तनावको स्थिति सामना गरिरहेका छन् । चिनलाई काउन्टर गर्न धेरै मुलुकहरु राजनैतिक रुपमा एक ठाउंमा उभिएका छन् । ईन्डोप्यासिफिक  क्षेत्रका सवैभन्दा शक्तिशालि राष्ट्रहरु भारत ।

अष्ट्रेलिया , जापान , अमेरिका सामेल रणनितिक साझेदारी  क्वाड चिन विरोधी सहकार्यको केन्द्रविन्दु बनेको छ । यसबाट चिन विश्व राजनैतिक धुव्रिकरणमा एक्लिदै गईरहेको छ । चिनले ताईवानलाई आफुमा गाभ्ने , पश्चििमी प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने र दक्षिण एसियामा आफ्नो विस्तारवादी नितीलाई स्थापित गर्ने लक्ष्य लिएको छ ।

यो अभियानमा आफू विजयी बन्ने र प्रभुत्वशाली पोजिसन हुने भविष्य खोजीरहेको छ तर आर्थिक वृद्धि सुस्त भईरहेको र बढ्दो रुपमा प्रतिकुल विश्व सामना गरिरहेको चिनको उक्त सपना पुरा हुने अवस्था छैन । चिनले आफ्नो महत्वकांक्ष परियोजनाहरुलाई आक्रमक रुपमा अघि बढाईरहेको छ । यसबाट क्षणिक लाभ भएपनि विश्व राजनितीमा यिनै परियोजनाहरुले चिनलाई एक्ल्याउंदै लगिरहेको छ । यति बेला चिनले कयौं जोखिमहरुलाई आन्तरिक रुपमा सामना गरिरहेको छ ।