काठमाडौ । नेपाल र भारत बिचको सम्बन्ध एतिहासिक ,सास्कृतिक धार्मिक र भाषिक पृष्ठभुमिबाट बहु आयामिक रहदै आइरहेको छ।
नेपाल र भारत बिचको राजनैतिक ,आर्थिक ,सामाजिक र सास्कृतिक सम्बन्धले एउटा सकारात्मक दिशा निर्देश गरेको छ।दुई देश बिचको एतिहासिक सम्बन्ध इतिहासमा मात्र होइन धार्मिक ग्रन्थहरुमा समेत समेटिएको छ,यसले दुई देश बिचको सम्बन्ध लाई थप उचाइमा पुर्याउदै आइरहेको छ।
नेपाल र भारत बिचको धार्मिक ,सास्कृतिक र भाषिक रुपमा जुन एकरुपता छ त्यो अन्य कुनै देश सङ्ग देख्न सकिँदैन।भारत नेपालको एक बिकास साझेदार छिमेकी मुलुक पनि हो भारतीय लगानिमा नेपालमा धेरै पुर्बाधार योजनाहरु निर्माण भइरहेका छन ।यसले नेपालको आर्थिक समृद्दी र समुन्नत नेपाल बनाउन ठूलो सहयोग गरिरहेको छ।नेपाल र भारत बिचको सास्कृतिक निकटता ले दुई देश बिचको सम्बन्ध लाई थप उचाइमा लगिरहेको छ।
भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्व शक्ति को रुपमा स्थापित भएको मुलुक हो।बिस्वको सबभन्दा ठूलो लोकतन्त्रको रुपमा भारतको सफलता समसदिय राजनैतिक पद्धतिमा एउटा राम्रो उदाहरण बनेको छ।अन्ततकाल देखि बिबिध सास्कृतिक चेतनाको अद्भुत श्रोतको रुपमा रहेक भारतले तमाम सास्कृतिक परम्परा हरुलाइ सम्मान र निरन्तरता दिदै आइरहेको छ।भारतले प्रबिधिको बिकासमा पनि लामो फड्को मारिसकेको छ,समुन्द्र देखि अन्तरीक्ष सम्म नेतृत्व गर्न सफल भएको छ।
कोभिड १९ महामारी बिरुद्दको खोप उत्पादन र बितरणलाइ विश्व ब्यापी बनाउन भारतले महत्त्वपूर्ण भुमिका निर्बाह गर्यो,यसले नेपाल सहितका छिमेकी मुलुकहरुले खोपको प्रयोगमा कुनै समस्या भोग्नु परेन ।नेपाल सङ्ग सामाजिक ,आर्थिक ,तथा सास्कृतिक सम्बन्ध सुदृढ बनाउन चालेका कदमहरु दुरगामी रुपमा प्रभावकारी रहेको विश्लेषण हुने गरेको छ ।
नेपालको बिकास र समृद्धिमा जहिले पनि मिलेर काम गर्ने पक्षमा भारत रहदै आइरहेको छ।भारत छिमेकी रास्ट्रहरु सङको सहकार्यको आवस्यकतामा जोड दिदै आइरहेको छ,दक्षिण एसियामा शान्ति र मानबताको हितमा सर्वपक्षिय सहयोगको आशा गर्दछ।र त्यही अनुरुप काम गर्दै आइरहेको छ।लामो समय देखि साझा सपना र सफलताको आकांक्षा सहित बिस्तार भइरहेको नेपाल ( भारत सम्बन्ध सौहार्दपुर्ण र गतिशिल छ,जुन दुबै मुलुकको लागि हित अनुकुल रहदै आइरहेको छ।नेपाल भारतको एउटा नजिकको छिमेकी रास्ट्र हो ।
सदियौ पुरानो नागरिक सम्बन्ध ,बिश्वास ,भौगोलिक ,धार्मिक ,ऎतिहासिक ,सास्कृतिक तथा आर्थिक सम्बन्ध हरु दुबै देशका लागि महत्वपूर्ण छन।नेपालको बिकासमा समेत भारतको महत्त्वपूर्ण योगदान रहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल ,त्रिभुवन राजमार्ग ,पुर्ब पश्चिम् राजमार्ग ,हुलाकी सडक ,कोशी ब्यारेज ,कर्णाली पुल,जनकपुर ( जयनगर रेल,एकीकृत भन्सार चौकी ,नेपाल भारत पेट्रोलियम पाइप लाइन ,नेपाल भारत बिधुत प्रसारण लाइन,अरुण तेस्रो परियोजना ,ट्रमा सेन्टर ,पशुपति धर्मशाला ,जयनगर(कुर्था रेल वे आयोजना जस्ता पुर्बाधार बिकासमा भारतले उल्लेखनिय लगानी गरेका परियोजना हुन जुन नेपालका समृद्धिका आधार बन्दै गइरहेका छन।