दुई महिनामा छोटी भन्सार कार्यालयबाट पौने चारलाख राजश्व संकलन

६ बर्ष अघि

२0७५ आश्विन ३ बुधबार

दुई महिनामा छोटी भन्सार कार्यालयबाट पौने चारलाख राजश्व संकलन

सुलोचना महता, असोज ३ दार्चुला । चालु आर्थिक वर्षको दुई महिना साउन र भाद्रमा छोटी भन्सार कार्यालय दार्चुलाले पौने चार लाख रुपैँया राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्ष २०७५÷०७६ को साउन महिनामा २ लाख ३१ हजार ९ सय ४९ रुपैँया  र  भाद्र महिनामा १ लाख ५७ हजार १ सय ५४ रुपैँया राजश्व संकलन गरेको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ । नेपाल भारत सीमा क्षेत्रमा रहेको मूख्य भन्सार कार्यालय झुलाघाँट अन्तरगतको भन्सार कार्यालय दार्चुलाले विभिन्न आयातित सामाग्रीहरु प्लाष्टिक जन्यवस्तु, फलामका भाडाकुडा लगायत इलोक्टोनिक वस्तुहरुबाट राजश्व संकलन गरेको छोटी भन्सार कार्यालयका नायब सुब्बा नरसिह बडालले जानकारी दिनुभयो । साउन महिनामा सबैभन्दा बढी सिमेन्टबाट १ लाख १ हजार ६८ रुपैँया राजश्व संकलन गरेको थियो भने भाद्र महिनामा सबैभन्दा बढी प्लाष्टिक तथा चप्पल आयातबाट ६० हजार १ सय ९८ रुपैँया राजश्व संकलन गरिएको छ ।