नेपालमा चिनियाँ विदेश विभाग प्रमुखको आगमनसँगै वामपन्थी एकता गराउने प्रयास

२ बर्ष अघि

२0७९ श्रावण ११ बुधबार

नेपालमा चिनियाँ विदेश विभाग प्रमुखको आगमनसँगै वामपन्थी  एकता गराउने प्रयास

काठमाडौ । नेपालमा चिनियाँ विदेश विभाग प्रमुखको आगमनसँगै वामपन्थी एकताको विषय पुनस् एकाएक तातिएको छ । बाह्य भूमिका र जब आम निर्वाचन नजिक आउँछ, तब वामपन्थी एकताको विषयले गति लिन्छ । गत आम निर्वाचनमा हामीले वामएकता पनि देख्यौं र भोग्यौँ । त्यही वामएकताको जगमा करिब दुई तिहाइको सरकार पनि बन्यो, तीन वर्ष लगातार एकैजनाको स्थिर सरकार पनि व्यहोर्‍यौँ । तीन वर्षको वामपन्थी सरकारको कुशासन, भ्रष्टाचार, चरम व्यक्तिकेन्द्रित शासन पनि नेपाली जनताले देखे ।

वामपन्थी नेकपाभित्रको किचलोले गर्दा अहिलेको गठबन्धन निर्माण गर्न बाध्य भयो । पाँच वर्षको लागि नेपाली जनताले वामगठबन्धनलाई म्याण्डेट दिएको थियो, तर त्यो बाँदरको हातमा नरिवल नै सावित भयो । नेकपा भित्रको विवाद विस्तार हुँदै विस्फोट हुँदा प्रतिनिधिसभाको दुई दुई पटक बिघटन भयो । देशमा अशान्ति, अस्थिरता र लोकतन्त्रको संकटको स्थिति देखा पर्‍यो ।

के सम्म देख्न र हेर्नु पर्‍यो भने प्रतिनिधिसभा विघटनविरोधी गठबन्धन र सत्तासीन ओलीकृत समूहको सडकमा महिनौं नाराजुलुस । दुवै पक्षले सडकमा शक्ति प्रदर्शन गर्ने कार्यले देशभरिको जनजीवनलाई अस्तव्यस्त बनायो । अहिलेको अर्थतन्त्र संकटको बीजारोपण त्यही नेकपा नेतृत्वको सरकार रहेकै बेलामा हुन गएको हो ।