नेपाल विद्युत् प्राधिकरणले भारत लाई बिजुली बेचेर डेढ महिनामा पौने ४ अर्ब कमायो

२ बर्ष अघि

२0७९ श्रावण ११ बुधबार

नेपाल विद्युत् प्राधिकरणले भारत लाई बिजुली बेचेर डेढ महिनामा पौने ४ अर्ब कमायो

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो डेढ महिनामा पौने ४ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बेचेको छ । गत असार मसान्तसम्म ३ अर्ब ७८ करोड १७ लाख रुपैयाँ बराबरको ४७ करोड २५ लाख युनिट बिजुली भारतलाई बेचिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले गत जेठ १९ देखि इन्डियन इनर्जी एक्सचेन्ज ९आईईएक्स० मा बिजुली बेच्न थालेको थियो । यद्यपि नेपालले आईईएक्समा बिजुली बेच्न पहिलो पटक अनुमति पाएको भने गत कात्तिकमा हो । गत वर्ष त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली भारतले किनेको थियो । यस वर्ष भने ती दुई आयोजनासहित मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, कालीगण्डकी र लिखुसमेत गरी कुल ३ सय ६४ मेगावाट बिजुली भारत गइरहेको छ । भारतमा बिजुली बेचिरहेका यी आयोजनामध्ये लिखु निजी क्षेत्रबाट प्रर्वद्धित हो । आईईएक्सभन्दा बाहिर भारतको बिहार राज्यलाई पनि नेपालले बिजुली बेचिरहेको छ ।
गत जेठ तेस्रो सातादेखि असार मसान्तसम्ममा नेपालले भारतीय बजारमा बिजुली बेच्दा प्रतियुनिट करिब ८५ पैसा सेवा शुल्क लागिरहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । ‘प्रतियुनिट भारतीय रुपैया ५३ पैसा सेवा शुल्क लागिरहेको छ । त्यसमा करिडोर चार्ज ९ह्विलिङ चार्ज०, पावर एक्सचेन्ज चार्ज र मध्यस्थकर्ता कम्पनीलाई तिर्नुपर्ने शुल्क जस्ता सेवा शुल्क पर्छन्,’ उनले भने । कुनै एक बिन्दुबाट बेचिएको बिजुली जुन ठाउँमा पुगेर खपत हुन्छ, त्यहाँसम्म पु¥याउन प्रयोग हुने प्रसारण संरचनाको ह्विलिङ चार्ज तिर्नुपर्छ । अहिले नेपालले विद्युत् बेच्दा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन बाहेक पावर ग्रिड कर्पोरेसन अफ इन्डियालाई पनि यस्तो शुल्क तिरिरहेको छ ।
ढल्केबर–मुजफ्फरपुरबाट भारत गएको विद्युत् बिहार राज्यका विभिन्न ठाउँमा पुग्न पावर ग्रिड कर्पोरेसनको संरचना प्रयोग गरेका कारण यस्तो शुल्क तिर्नुपरेको हो । नेपालले भारतलाई बिजुली पठाउँदा प्रयोग हुने ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमा नेपाल र भारतका दुई कम्पनीको संयुक्त स्वामित्व छ । ढल्केबर–मुजफ्फरपुर लाइनको ह्विलिङ चार्ज नेपाल स्वामित्वको पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड ९पीटीसीएनएल० र भारतको स्वामित्वको क्रसबोर्डर पावर ट्रान्समिसन कम्पनी लिमिटेड ९सीपीटीसी० ले आआफ्नो हिस्साअनुसार पाउँछन । यो प्रसारण लाइन भन्दा बाहिर पनि बिजुली बेच्ने हो भने अर्कैलाई शुल्क तिर्नुपर्छ ।

प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय ९नोडल एजेन्सी० एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएन ले गर्छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ । यसरी मध्यस्थकर्ताको भूमिका निर्बाह गरेबापत प्राधिकरणले एनभीभीएनलाई पनि शुल्क तिर्ने गरेको छ । त्यसैगरी प्राधिकरणले आईईएक्सलाई पनि निश्चित शुल्क तिर्ने गरेको छ ।