काठमाडौ । नेपालको सर्वोत्तम विकासका लागि आफ्नो धरातलिय स्वरूप र मौलिक पहिचान को बिषय सबल बनाउन आवश्यक छ। देश र यसको सामाजिक सांस्कृतिक संगै आर्थिक पक्ष सुदृढ बनाउन पहिला हाम्रो मनोदश सहि हुनु आवश्यक छ । हाम्रो राष्ट्रिय गौरव र स्वाभिमान लाई आत्मसात गर्न जरूरी छ । न कि राजनितिक स्वार्थका लागि जनतालाई छिमेकि प्रति नकारात्मक भाव र बितृष्णा फैलाउन ।
भारत नाम सुन्ने बित्तिकै बड़ो चासो पूर्वक कान ठाड़ो पारि सुन्न थाल्यो बानी भएका हामि नेपाली त्यहाँका कुरो चैं कतिको बुझन प्रयास गरेका छौं भने कुरो मननयोग्य छ।
नेपाल को समस्या कुनै अन्य देशको कारणले नभई आफ्नै कार्यशैली र अपरिपक्वता का कारणले हो भन्ने कुरो प्रष्ट नै छ । तर अहिलेको हाम्रो वास्तविकता केही फरक देखिन्छ जुन की आत्मघाती सावित भैरहेको छ।
भारतमा केही हलचल बढे नेपालमा प्रभाव पर्ने स्वतः नै हो । तर उसको अन्तराष्ट्रिय नियम वा प्रतिबन्धहरू नेपालका लागि पनि लागु हुन्छ नै भने जरूरी छैन ।
भारत सरकारले गहुँ र चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने भएको छ । नेपालका लागि नवनियुक्त राजदूत नवीन श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघसँग कुरा गर्दै भारतले निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि लागू नहुने प्रष्ट गरेका हुन् ।
नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । महासंघका अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिवन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएका थिए।
‘