यार्सागुम्बा सहित एक जना पक्राउ

२ बर्ष अघि

२0७९ श्रावण १0 मंगलवार

यार्सागुम्बा सहित एक जना पक्राउ

दार्चुला । दार्चुलामा यार्सागुम्बा सहित एक जनालाई प्रहरीेले पक्राउ गरेको छ । महाकाली नगरपालिका वडा नं ८ असिगडाबाट करिब १ केजी ६ सय ग्राम यार्सागुम्बा सहित व्यासँ गाउँपालिका ४ सुन्सेरा बस्ने ३३ वर्षीय कम्मान सिह विष्टलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सुचनाका आधारमा आज दिउसो दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बसबाट उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए ।

प्रहरीले चेकजाच गर्दा उनको झोलाबाट लुकाइ छिपाई राखिएको १ केजी ६ सय ग्राम यार्सागुम्बा  र कस्तुरीको विना जस्तो देखिने बस्तु थान १ फेला पारी बरामद गरीेएको प्रहरी निरीक्षक मगरले बताउनु भयो ।  उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय दार्चुलामा बुझाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।