खोलाले बगाउदा बालिकाको मृत्यु

२ बर्ष अघि

२0७९ श्रावण १0 मंगलवार

खोलाले बगाउदा बालिकाको मृत्यु

दार्चुला । दार्चुलामा खोलाले बगाउदा एक बालिकाको मृत्यु भएको छ  । मंगलबार विहान महाकाली नगरपालिका वडा नम्वर ३ काटैकी १२ बर्षिय कविता बडाल कल्चौडे खोला तर्दै गर्दा बेपत्ता भएकी थिइन् । उनको नेपाल प्रहरी,ससस्त्र प्रहरी र स्थानियहरुले खोजि कार्य गर्दा एक सय ५० मिटर तल बडालको शब दिउँसो १ बजे तिर खोलाको किनारमा फेला परेको हो । उनि आफ्नै ठुुली आमा नन्दा बडाल संगै घाँस काट्न गएको र फर्किदा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नन्दालाई स्थानियहरुले खोलाको किनारबाट बेहोस अबस्थामा उद्धार गरेका छन् । उनको उद्धार पछि  जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।