आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान

२ बर्ष अघि

२0७९ श्रावण १0 मंगलवार

आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डौ । आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य वर्षा हुने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो प्रदेश(१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । यस्तै, राति प्रदेश(१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।  

केही  ठाउँमा ठूलो वर्षाको सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेका ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ । पूर्वी क्षेत्रमा मनसुन केही सक्रिय भएकाले त्यस क्षेत्रमा ठूलो वर्षाको अनुमान गरिएको हो । काठमाण्डौमा पनि आज दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।