संसदीय छानबिन समिति बैठकमा प्रहरीबाट प्राप्त सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टबारे अध्ययन हुँदै

२ बर्ष अघि

२0७९ श्रावण १0 मंगलवार

संसदीय छानबिन समिति बैठकमा प्रहरीबाट प्राप्त सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टबारे अध्ययन हुँदै

काठमाण्डौ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानबिन समितिको बैठक सुरू भएको छ । सिंहदरबारमा भइरहेको बैठकमा प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट खोलिएको छ । बैठकमा बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टबारे अध्ययन हुँदैछ । यसअघि अर्थ मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने भन्दै फुटेज डिलिट भइसकेको जनाएको थियो । त्यसपछि संसदीय समितिले फुटेज रिकभरका लागि प्रहरीको सहयोग मागेको थियो । साथै सिंहदरबारको गेटकै सीसीटीभी फुटेज पनि समितिले झिकाएको थियो । आर्थिक वर्ष २०७९र८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ । यो आरोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गएको असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्नु भएको थियो । समिति गठन भए लगत्तै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुभएको थियो।