दार्चुलामा ई–पासपोर्ट सेवा अवरुद्ध

२ बर्ष अघि

२0७९ श्रावण १0 मंगलवार

दार्चुलामा ई–पासपोर्ट सेवा अवरुद्ध

दार्चुला । दार्चुला बाट सञ्चालन भईरहेको विद्युतीय राहदानी ई–पासपोर्ट सेवा अवरुद्ध  भएको छ । गत जेठ १६ गते देखि सञ्चालनमा आएको विद्युतीय राहदानी सेवा नेटवर्क डाउन हुदा  रोकिएको हो । विद्युतीय राहदानी सञ्चालनका लागि राहदानी विभागबाट सुविसु नेटवर्क कम्पनी मार्फत नेटवर्क जडान भएको थियो । उक्त नेटवर्कमा प्राविधिक समस्या आए पछि  ५ दिन देखि सेवा अवरुद्ध भएको प्रशासन  कार्यालय दार्चुलाले जनाएको छ । साउन ४ गते देखि आएको प्राविधिक समस्याका कारण ई पास्पोर्ट सेवा अर्को सुचना नआए सम्मका लागि स्थगित गरिएको प्रशासन कार्यालयले निकालेको सूचानमा   उल्लेख गरिएको छ । अवरुद्ध सेवा  सुचारुको  लागि राहदानी विभाग, त्रिपुरेश्वर काठमाण्डौ सँग पत्र तथा फोन सम्पर्क मार्फत समन्वय भईरहेको जिल्ला प्रशासन कार्यालय  दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती  सउँदले  जानकारी दिनुभयो ।  गत महिना पनि सेवा अवरुद्धभएको  थियो   ।