आइतबार राती देखि दार्चुलामा विद्युत सेवा अवरुद्ध

२ बर्ष अघि

२0७९ श्रावण १0 मंगलवार

आइतबार राती देखि दार्चुलामा विद्युत सेवा अवरुद्ध

दार्चुला । आइतबार राती देखि दार्चुला जिल्लाभरिको विद्युत सेवा बन्द भएको छ । विद्युत सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । जिल्लाभरि सबै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । विद्युत प्रसारण लाइनमा समस्या आएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण जनाएको छ । 
 जिल्लाको शैल्यशिखर नगरपालिका ५ वरमुडे क्षेत्रमा विद्युतको पोल ढलेका कारण विद्युत सेवा अबरुद्ध भएको हो । आज बेलुकी सम्म अबरुद्ध विद्युत सेवा संञ्चालन आउने बताइएको छ । अवरुद्ध विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोली हिजो देखि खटिएको छ । आइतबार राती देखि  विद्युत सेवा अवरुद्ध हुँदा निकै समस्या भएको सेवाग्राहीले बताएका छन् ।