बेल्ट एन्ड रोड सम्झौता तत्काल ब्रेक गर्दा देश सुरक्षित

२ बर्ष अघि

२0७९ श्रावण ९ सोमबार

बेल्ट एन्ड रोड सम्झौता तत्काल ब्रेक गर्दा देश सुरक्षित

काठमाण्डौ । नेपालमा कम्युनिस्ट उदयपछि चिनियाँ प्रभाव बढेको थियो। त्यस समय नेपालमा चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा व्यापक चर्चा भएको थियो। त्यसबाट भारत निराश पनि बनेको थियो।

तर, पछिल्लो समय सीमा अतिक्रमण, मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपलगायतका कुराहरुले दुई देशबीच बढ्दो अविश्वासका कारण चीनले नेपालमा हासिल गरेको प्रारम्भिक लाभको स्तर अहिले घट्दै गएको देखिन्छ । यसले कूटनीतिक सम्बन्ध, व्यापारमा नकारात्मक प्रभाव पारेको छ भने अझ महत्त्वपूर्ण कुरा चिनियाँ राष्ट्रपति सी जिनपिङको पाल्तु परियोजना बीआरआई परियोजना पनि अघि नबढ्ने भएको छ।


त्जभ ल्बतष्यलब िाबिन या ल्भउब िदयिधष्लन ष्ल तजभ धष्लम ष्ल ाचयलत या ब अभिबच दगिभ कपथ
सन् २०२१ मा चीन समर्थक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट बाहिरिएपछि अवस्था परिवर्तन भएको थियो। नेपालले मार्च २०२२ मा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणमा क्रममा बीआरआईसम्बन्धी कुनै पनि कुरा हुन सकेन र उनले कम्युनिस्ट नेताहरुसँगको भेटमा बीआरआईको कुरा उठाएका थिए। सरकारले बीआरआई पनि अनुदानमा उपलब्ध गराउन माग गरेको छ।

चीनले नेपालको भूभाग अतिक्रमण गर्ने र नेपालको व्यापारमा अवरोध गरेकोमा नेपालीहरु आक्रोशित छन्। दोलखा र हुम्ला जिल्लाका बासिन्दाले चिनियाँ सेनाले एकतर्फी रूपमा सीमास्तम्भ हटाएर नेपालको सीमाभित्र संरचना निर्माण गरेको भन्दै विरोध गरिरहेका छन्। नेपालको गृह मन्त्रालयले बलियो प्रमाणसहित अतिक्रमण पुष्टि गरेको थियो।