विषाक्त मदिरा प्रकरणः मृतक ६ नेपालीको पहिचान एक जना प्रदेश नम्बर ७ का पनि

६ बर्ष अघि

२0७५ आश्विन ३ बुधबार

विषाक्त मदिरा प्रकरणः मृतक ६ नेपालीको पहिचान एक जना प्रदेश नम्बर ७ का पनि

दूष्टिकोण समाचार असोज ३, क्वालालम्पुर । मलेसियामा विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका ६ जना नेपालीको पहिचान खुलेको छ ।क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार १६ जना नेपली विरामी भएका थिए । उनीहरु मध्ये चार जनाको डिस्चार्ज भइसकेको छ भने अरु अझै उपचाररत छन् ।मृत्यु हुनेमा धादिङ, बसेरी-३ का मिमबहादुर घले, रुपन्देही, मसिना-६ का रामकुमार यादव, डडेलुधरा, अमरगढी-५ का विशाल बुढाथोकी, सुनसरी, पश्चिमकुसाहा-९ का सन्जय उराव र इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ छन् । अर्का मृतक आइत सिंह गोले हुन् तर, उनको जिल्ला यकिन हुन सकेको छैन ।सोमबार सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवन गरेर नेपालीहरु विरामी परेको खबर आएपछि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेल राति नै नेपालीहरु भर्ना भएको अस्पतालमा पुगेका थिए ।पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया पूरा गरेपछि मृतकको शव सम्बन्धित रोजगारदाताको सहयोगमा पठाउन पहल भइरहेको नेपाली दूतावासले जनाएको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै छ भने विषाक्त मदिराको स्रोतबारे मलेसियन प्रहरीले अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ ।दूतावासले स्वास्थ्य र सुरक्षामा सतर्क रहन समेत मलेसियामा रहेका नेपालीहरुलाई आहृवान गरेको छ ।