सर्वोच्च अदालतले राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

२ बर्ष अघि

२0७९ श्रावण ९ सोमबार

सर्वोच्च अदालतले  राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले  राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आदेशसंगै निर्वाचनमा गाई चुनाव चिह्न लिन राप्रपा नेपाललाई बाटो खुला भएको छ ।

राप्रपा नेपाललाई गाई चिन्ह पाउने बाटो खुल्नुका साथै पार्टीले न्याय पाएको अध्यक्ष कमल थापाले बताए ।  आदेशले व्यक्तिगतरुपमा आफूले राहत पाएको भन्दै थापाले अनर्गल आरोपबाट मुक्ति पनि पाएको बताएका छन् ।

आइतबारको सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।  राप्रपाको पक्षबाट डा सुरेन्द्र भण्डारी,डा चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई, विष्णु भट्टराई र नरप्रसाद थापाले बहस गरेका थिए ।

निर्वाचन आयोगले गाई चिह्न नदिने भएपछि थापाले सर्वोच्चमा रिट दायर गरेका थिए ।