शंका स्पद चिनियाँ लगानीले नेपाली ब्य्वसायी मर्कामा

२ बर्ष अघि

२0७९ श्रावण ९ सोमबार

शंका स्पद चिनियाँ लगानीले नेपाली ब्य्वसायी मर्कामा

एजेन्सी ।  कोरोना महामारीका कारण अहिले नेपालको होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी तहसनहस बनेको छ। तर, चिनियाँ लगानीकर्ता यही क्षेत्रमा बढी आकर्षित भएका छन्। नेपालमा सम्भावना न्यून रहेको भनिएको क्षेत्रमा साना परियोजनामार्फत् चिनियाँ लगानी बढ्नु नै शंकास्पद छ। यसतर्फ समयमै नेपाल सचेत हुनुपर्छ। कोरोनापछि नेपालमा सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको पर्यटन क्षेत्रमा चीनको आकर्षण बिना कारण किन बढ्यो रु सिधै शंका पैदा हुन्छ, वैदेशिक लगानीका क्षेत्रमा अध्यन गर्नेको बुझाई छ।

पर्यटन व्यवसायी पछिल्लो समय नेपालमा भारतीयको तुलनामा चिनियाँ पर्यटकको संख्या बढिरहेको स्वीकार गर्छन्। उनीहरुका अनुसार अहिले नेपालमा चिनियाँ पर्यटकको हिस्सा १५ प्रतिशत भन्दामाथि छ। उनीहरुलाई लक्षित गरेर चिनियाँ व्यवसायीले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन लगायतका पर्यटकीय हवमा करिब ४ सय भन्दा बढी होटल तथा रेष्टुरेन्टमा लगानी गरेका छन्। पोखरामा मात्रै ५० वटा भन्दा धेरै रेस्टुरेन्ट र अन्य व्यवसायमा चिनियाँ व्यापारीको लगानी छ। तर, त्यसको तथ्याङ्क पोखरा महानगरसँग छैन। चिनियाँ नागरिक पर्यटक भिषामा व्यक्तिगत व्यवसाय मात्र गरिरहेका छैनन्। वी च्याट अलि पेमार्फत् गर्ने कारोबार सबै अपारदर्शी छ।

पर्यटकका रुपमा अथवा लगानीकर्ताका रुपमा नेपाल पसेका चिनियाँ नागरिकले काठमाडौं उपत्यकाबाहेक चितवन तथा लुम्बिनीमा पर्यटन विभागबाट अनुमति नलिई लज तथा व्यक्तिगत घर, अपार्टमेन्ट र फ्ल्याटमासमेत लगानी गरेर विदेशी पर्यटक राख्न थालेका छन्।