चीनले विश्वको छाना तिब्बतलाई आफ्नो प्रभावमा ल्याउन र यहाँको प्राकृतिक सम्पदाको दोहन गर्दै

२ बर्ष अघि

२0७९ श्रावण ९ सोमबार

चीनले विश्वको छाना तिब्बतलाई आफ्नो प्रभावमा ल्याउन र यहाँको प्राकृतिक सम्पदाको दोहन गर्दै

एजेन्सी । चीनले विश्वको छाना तिब्बतलाई आफ्नो प्रभावमा ल्याउन र यहाँको प्राकृतिक सम्पदाको दोहन गर्दै जनसांख्यिकी परिवर्तन गरिरहेको अधिकारवादी समूहहरुले बताएका छन् ।

ती समूहहरूले चीनले तिब्बतमा भारी नियन्त्रण राखेको बताउँदै प्रणालीगत रूपमा मौलिक अधिकारहरूको दमन एवं नागरिक समाजमाथि कडा नियन्त्रण गरेको बताएका छन् ।

सन् २०२१ मा चीनद्वारा प्रकाशित ४० पृष्ठभन्दा लामो ‘१९५१ देखि तिब्बतस् मुक्ति, विकास’ नामक श्वेतपत्रले वातावरणीय कारकहरूमा चीनको उपेक्षालाई छर्लंग पारेको छ ।

उक्त श्वेतपत्रले थुप्रै बाँध निर्माण र धेरै पूर्वाधार विकासको पहल गरेको छ । तथापि यसले वातावरणीय विनाशलाई ध्यानमा नराखेको अनुसन्धान समूह ९पोरेग० ले रिपोर्ट गरेको छ ।

तिब्बतमा भइरहेको विकास योजनाको कुरा गर्दासमेत त्यसले पारिस्थितिकीमा पुर्‍याएको क्षतिलाई उल्लेख गरेको छैन ।

यसले स्वच्छ उर्जा बिजुलीको प्रयोगले कार्बनडाइअक्साइडको उत्सर्जनमा कमी आएको बताए पनि तिब्बती जनताले भने रातको समयमा बिजुली बिना बस्नुपर्ने स्थिति हटाएको छैन ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको तीन चरणको योजनाले तिब्बतलाई दमन गर्दै त्यहाँको प्राकृतिक स्रोतको दोहन मात्रै गर्न खोजेको रिपोर्टमा उल्लेख छ ।