अर्थतन्त्र जोगाउन देउवा सरकारले लियो कठोर निर्णय छानविनमा तानिए अर्थमन्त्री शर्मा

२ बर्ष अघि

२0७९ श्रावण ६ शुक्रबार

अर्थतन्त्र जोगाउन देउवा सरकारले लियो कठोर निर्णय छानविनमा तानिए अर्थमन्त्री  शर्मा

काठमाण्डौ । देशमा अर्थमन्त्री जनार्दन शर्मा छानविनमा तानिएको, गभर्नरमाथि प्रश्न उठेको र नेपाल श्रीलंका बन्ने चिन्ता भइरहेका बेला शेरबहादुर देउवा सरकारले अर्थतन्त्र बलियो बनाउन कठोर निर्णय लिएको छ ।

सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो ।


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा ९औद्योगिक कच्चा पदार्थबाहेक०, चुरोट तथा सुर्तीजन्य वस्तु ९औद्योगिक कच्चा पदार्थबाहेक०, हीरा ९औद्योगिक कच्चा पदार्थबाहेक०, ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रङ्गीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो ।

यसअघि देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । मन्त्रालयले निकासी पैठारी ९नियन्त्रण० ऐन, २०१३ को दफा ३ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड ञ अनुसार प्रतिबन्ध लगाइएको जनाएको छ ।