महाकाली–सेतीमा वहाव बढ्ने अनुमान, सतर्कता अपनाउन आग्रह

२ बर्ष अघि

२0७९ श्रावण ४ बुधबार

महाकाली–सेतीमा वहाव बढ्ने अनुमान, सतर्कता अपनाउन आग्रह

दार्चुला । दार्चुला सहित  सुदूरपश्चिम प्रदेशमा पर्ने महाकाली, सेती र कर्णाली नदीहरुमा पानीको वहाव बढ्ने पूर्वानुमान गरिएको छ। प्रदेशमा भारी वर्षा भइरहेकाले यी नदीसँगै अन्य साना नदीहरूको वहाव बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको  छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदीहरूको वहाव बढ्ने  जनाएकाले  तटीय क्षेत्रका नागरिकहरुलाइ सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय  बैतडीले  आग्रह गरेको   छ।  

महाशाखाले प्रदेशका ९ ओटै जिल्ला आसपास भइ बग्ने नदीहरुको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।